+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

१०बुँदे सहमतिसँगै नर्सको १० दिने आमरण अनशन तोडियो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते २१:४३

५ जेठ, काठमाडौं । १० दिनदेखि आमरण अनशनरत मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका नर्सहरुले आमरण अनशन तोडेका छन् ।

करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्ने लगायतका १० बुँदे सहमति भएपछि अनशन तोडिएको हो । दिनभर स्वास्थ्य मन्त्रालमा अस्पताल प्रशासन, आन्दोलनरत नर्सहरु तथा नेपाल नर्सिङ संघका पधाधिकारीबीच वार्ता भएको थियो ।

स्थापना कालदेखि प्रत्यारोपण केन्द्रमै कार्यरत दिक्की शेर्पाले अनसन तोडिसकेकी छिन्  नर्सिङ संघकै आजीवन सदस्य समेत रहेकी जिता बरालको अनशन तोडाउन अस्पताल प्रतिनिधि विपी स्मृती अस्पताल जाँदैछन् ।

बरालले नेपाल नर्सिङ संघको कार्यालय लाजिम्पाटमा अनशन थालेकी थिइन् । स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लगिएको थियो । उनी पोखरामा रहेको फिस्टेल नर्सिङ कलेजको क्याम्पस प्रमुख पदबाट राजीनामा दिएर अनशन बस्न आएकी थिइन् ।

 

यस्ता छन् सहमतिका मुख्य बुँदाहहरु

  • केन्द्रमा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा सुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित नियकालाई अनुरोध गर्ने
  • केन्द्रका लागि आवश्यक विभागहरु आइसियु तथा युरोलोजीमा लोक सेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने त्यसपछि कार्डियोलोजी, हेपाटोलाजी विभागलाई पनि क्रमिक रुपमा स्थापना गर्दै जाने
  • प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ती नपाएमा विस्तारित विभागहरुमा खाईपाई आएको करार नियुक्तीलाई निरन्तरता दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?