Comments Add Comment

अन्तिम खेलमा मेस्सीले गरे दुई गोल, तर जित्न सकेन बार्साले

६ जेठ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि विजेता बार्सिलोना अन्तिम खेलमा भने इबरसँग बराबरी खेलेको छ । आइतबार राति इबरको घरेलु मैदानमा बार्सिलोनाले २-२ गोलको बराबरी खेलेको हो ।

कप्तान लियोन मेस्सीले दुई गोल गरेपनि टिमलाई जिताउन सकेनन् । त्यस्तै, इबरका लागि भने मार्क कुकुरेला र पाब्लो डि ब्लासिसले गोल गरेका थिए ।

खेलको २० औं मिनेटमा कुकुरेलाले गोल गर्दै इबरलाई १-० गोलको अग्रता दिलाएका थिए । तर खेलको ३१औं मिनेटमा बार्सिलोनाले गोल फर्काउन सफल भयो । कप्तान मेस्सीले गोल गर्दै १-१ गोलको बराबरीमा ल्याए ।

त्यसको एक मिनेटपछि अर्थात ३२ औं मिनेटमा कप्तान मेस्सीले अर्को गोल थपे । यो गोलसँगै बार्सिलोना २-१ गोलअन्तरले अघि रहेको थियो । तर ४५औं मिनेटमा ब्लासिसले गोल गर्दै इबरलाई २-२ गोलको बराबरी दिलाएका थिए ।

यो खेलमा दुई मिनेटको अन्तरमा दुई गोल गरेर मेस्सी सर्वाधिक गोलकर्ता बनेर छैटौ पटक पीचीची अवार्ड हात पारे ।

यो पनि पढ्नुहोस सर्वाधिक गोलकर्ता मेस्सीलाई पीचीची अवार्ड

पहिलो हाफमा २-२ गोलको बराबरी खेलेका दुबै टिमले दोस्रो हाफमा भने गोल गर्न सकेनन् ।

लिग च्याम्पियन बार्सिलोनाले ३८ खेलबाट ८७ अंक बनाउँदै उपाधि उचालेको हो । यता इबरले भने १२औं स्थानमा लिग सकाएको छ । इबरको ३८ खेलबाट ४७ अंक छ ।

लिगको उपविजेता बनेको एट्लेटिको मडि्रडको ३८ खेलबाट ७६ अंक हुदा तेस्रो स्थानमा चिक्त बुझाएको रियल मडि्रडले ३८ खेलबाट ६८ अंक बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment