+

सर्वाधिक गोलकर्ता मेस्सीलाई पीचीची अवार्ड

२०७६ जेठ  ६ गते ७:२८ २०७६ जेठ ६ गते ७:२८
सर्वाधिक गोलकर्ता मेस्सीलाई पीचीची अवार्ड

६ जेठ, काठमाडौं । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् ।

आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । उनले यो सिजन मात्रै लिगमा ३६ गोल गर्न पुगे । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन् ।

सर्वाधिक गोलकर्ता बनेर छैटौ पटक पीचीची अवार्ड हात पारेका मस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मडि्रडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका छन् । मेस्सीले ३६ गोल गर्दा १३ एसिष्ट गरेका छन् ।

यता, सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका स्वारेजले २१ गोल गरेका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेका रियलका बेन्जिमाले पनि २१ नै गोल गरेका छन् । सेल्टा भिगोका लगो आसपासले २० गोल गर्न सफल भए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय