+
+

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ६ गते ८:३४

६ जेठ, चितवन । नारायणग–मुग्लिन सडकखण्डमा आइतबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको छ ।

काठमाडौं महानगरपालिका–८ का ३० वर्षीय अनुप खड्काको दुर्घटनामा परी ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक खड्कालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । अस्पताल लगिएका उनको उपचारका क्रममा ज्यान गएको हो ।

ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिए पनि त्यसका चालक फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?