Comments Add Comment

औषधी उद्योगमा आगलागी, करोडौंको क्षति

६ जेठ, बुटवल । रुपन्देहीको एक औषधी उद्योगमा भीषण आगलागी भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका १ खुन्सामा रहेको एसियन फार्मास्युटिकल्स प्रालिमा आगलागी हुँदा करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दिउँसो ४ बजेतिर आगलागी भए पनि डेढ घण्टासम्म दमकल नपुग्दा ठूलो क्षति भएको कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालले बताए ।

आगलागी नियन्त्रणका लागि सिद्धार्थनगर,तिलोत्तमा र बुटवल उपमहानगरपालिकाका दमकल पुगेका छन् । आगलागीबाट कम्तीमा ३० करोड रुपैयाँको उत्पादित औषधि नष्ट भएको अनुमान गरिएको छ । आगलागीको कारण थाहा भइनसकेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment