Comments Add Comment

मैले आकाशलाई रिफर गरेको होइनँः पूजा

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको जोडीलाई दर्शकले सर्वाधिक रुचाउँछन् । यी दुइलाई लिएर फ्यानमा देखिने उत्साह पनि गज्जबकै छ । आकाश र पूजाले तेश्रो प्रोजेक्टको रुपमा ‘पोई पर्यो काले’मा एकसाथ काम गर्दैछन् । यसैले पनि यतिबेला, यो जोडीको चर्चा फेरि सुरु भएको छ ।

यो चलचित्रका लागि नायिका पूजा शर्माले नै आकाशलाई रिफर गरेको भन्ने चर्चा छ । तर, चलचित्रको घोषणा कार्यक्रममा नायिका शर्माले यो कुरा स्पष्ट पारेकी छिन् । पूजा भन्छिन्–‘मैले यो चलचित्रका लागि आकाशलाई रिफर गरेको होइनँ । उ पनि कलाकार हो, म पनि कलाकार हुँ । कहिलेकाही एकसाथ काम गरिन्छ । तर, यसको अर्थ यो होइन कि कसलाई खेलाउने कसलाई नखेलाउने निर्णय हाम्रो हातमा हुन्छ ।’

निर्देशकले नै आकाशलाई खेलाउन लागेको जानकारी आफूलाई दिएको पूजाले बताइन् । पूजाले आकाशसँगको सम्बन्ध बारे भनिन्–‘यो त हाम्रो कामले रिझाएको हो । भोली गएर के हुन्छ, कस्तो हुन्छ त्यो मलाई थाहा छैन ।’ आकाश र पूजाले ‘रामकहानी’ चलचित्रमा पहिलो पटक एकसाथ काम गरेका थिए । दर्शकले अत्याधिक मन पराएपछि उनीहरु दोश्रो चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा पनि एकसाथ देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment