Comments Add Comment

छाया सरकार समावेशी नभएको भन्दै नेकपा नेतृको विरोध

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गठन गरेको छाया सरकार समावेशी नभएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ विन्दा पाण्डेले विरोध जनाएकी छन् । कांग्रेसले सोमबार ५८ सदस्यीय छाया सरकार गठन गरेको भोलिपल्ट पाण्डेले सामाजिक सञ्जाल ट्विटरमार्फत विरोध गरेकी हुन ।

पार्टीभित्र पनि लैंगिक समावेशिताको पक्षमा आवाज उठाउँदै आएकी पाण्डेले लेखेकी छन्, ‘गभर्मेन्ट इन वेटीङ भनिने प्रमुख प्रतिपक्ष दलले बनाएको छाया सरकारमा त संसदको समानुपातिक प्रतिनिधित्व प्रतिबिम्बित भएको देख्न पाइन, वास्तविक सरकारमा के को आश ?’

छाया सरकारको प्रतिनिधित्व हेर्दा राष्ट्रिय आकांक्षा र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुन धेरै समय लाग्ने देखिएको पाण्डेको ठहर छ ।

पाण्डेको ट्विटमा टेकनारायण पौडेलको जवाफ छ, ‘जेमा पनि समावेशी खोज्ने हो र कामरेड ? छाया सरकार जस्तो काम न काजको सरकारमा पनि चाहिने यति हल्का हो र समावेशीकरण ?’

‘आफ्नो दलमा भागबन्डा गर्दा पाँच प्रतिशत पनि महिला नपर्दा चुपचाप लागेर प्रतिपक्षीलाई देखाउनु कदापी सही होइन । महिलालाई ३३ प्रतिशत भने गफमात्र रहेछ भनेर प्रमुख दलहरूले प्रमाणित गरिसके, अब तपाईंहरूकै कोर्टमा बल छ’, अर्को जवाफमा भनिएको छ ।

योगेश भट्टराईको शुभकामना

नेकपा नेता योगेश भट्टराईले भने छाया सरकारको बचाउ गर्दै शुभकामना व्यक्ति गरेका छन् ।

ट्विटमै उनले लेखेका छन्, ‘लोकतन्त्रमा निगरानी र खबरदारीका लागि छाया सरकारको अवधारणा आएको हो । स्वस्थ, असल र रचनात्मक व्यवहार तथा राम्रो कामबाट यसको उपदेयता पुस्टीहोस् । छाया सरकारका प्रधानमन्त्री र मन्त्री मित्रहरूलाई हार्दिक शुभकामना ।’

तत्कालिन नेकपा (एमाले) ले पनि २०४८ सालमा छाया सरकार गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment