Comments Add Comment

हुन्डाईको नयाँ गाडी ‘भेन्यू’ भारतमा सार्वजनिक

नयाँ दिल्ली । भारतमा हुन्डाईको नयाँ गाडी ‘भेन्यू’ सार्वजनिक भएको छ । नयाँ दिल्लीमा एक भब्य कार्यक्रमकाबीच कार्यक्रमबीच हुन्डाईले ‘भेन्यू’ लाई सार्वजनिक गरेको हो ।

भारतमा भेन्यूको सुरुवाती मूल्य ६ लाख ५० हजार भारु छ । यो गाडीको मे २ देखि नै खुलेको थियो । हुन्डाईले भेन्यूको मूल्य अपेक्षा गरिएभन्दा निक्कै सस्तो भएको प्रतिक्रिया आएको  छ ।

हुन्डाई भेन्यू ३ इन्जिन अप्सनमा उपलब्ध गराइएको छ । १.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन जसले ९० एचपी पावर र २२० एनएम टर्क दिन्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ । १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जसले ८३ एचपी पावर र ११५ एनएम टर्क दिन्छ ।

१.० लिटर ३ सिलिन्टर टर्बो चार्जड पेट्रोल इन्जिन अप्सनमा पनि उपलब्ध गराइएको छ । यसले १२० एचपी पावर र १७२ एनएम टर्क उत्सर्जन गर्छ ।  यो अप्सनमा ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन उपलब्ध छ ।

भेन्यूमा ८ इन्च टचस्क्रिनसहित गजबको ड्यासबोर्ड समेत छ । कारको क्याविन आरामदायी देखिन्छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ । तर, पछाडि बस्ने मानिस अग्लो भएमा स्पेश कम पर्ने बताइएको छ ।

हुन्डाई भेन्यू टप स्पेकको रुपमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरालगायत विशेषता रहेका छन् । त्यस्तै भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेको कम्पनी बताउँछ ।


भेन्यूमा कोना तथा नयाँ सान्टाफेमा जस्तै एलइडी डीएलआर सहित स्प्लीट हेडल्याम्प, आकर्षक  फ्रन्ट गि्रल छ ।  एलइडी टेललाइट, डाइमन्ड-कट अलोय हृवील भएको भेन्यूको लम्बाई ३९९५ एमएम, १७७० एमएम चौडाई र १५५० एमएम उचाई रहेको छ भने, हृवीलबेस २५०० एमएम रहेको छ ।

भेन्यूमा ८ इन्च टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड छ भने कारको क्याविन निक्कै आरामदायी बनाइएको छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ । तर, पछाडि बस्ने मानिस अग्लो भएमा स्पेश कम पर्ने कम्पजीको दावी छ ।

हुन्डाई भेन्यू टप स्पेकको रुपमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरालगायत विशेषता पनि छन् । त्यस्तै भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment