+
+
Shares

प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ८ गते १०:४०
Photo Credit : प्रतीकात्मक तस्वीर

८ जेठ, बर्दिया । रोकिराखेको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा बर्दियामा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ खैरापुर घर भएका ३२ वर्षीय प्रहरी जवान अवधेशकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

यादवले चलाएको भे ८ प ७८९ नम्वरको मोटरसाइकल गुलरिया नगरपालिका–३ निमकोठियामा रोकिराखेको टयाक्टरको ट्रलीमा मंगलबार राति ११ बजे ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ्ग होममा लगिएको थियो । तर, मध्यरात सवा १२ बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको रानीपोखरीमा दरवन्दी भै महानगरीय प्रहरी बिट कालिमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको बिहेका लागि छुट्टिमा घर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?