Comments Add Comment

कात्तिकको हात समात्दै सारा, मिडिया देख्दा टाउको लुकाइन्

नायक कात्तिक आर्यन र नायिका साराअली खानले एकसाथ काम गरेको चलचित्र ‘लभ आजकल’ छायांकनमा छ । यो चलचित्रमा काम गरेसँगै कात्तिक र साराको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । प्रेमको चर्चा चलिरहेको समयमा आर्यन र सारा गएराती एउटै कारमा देखिएका छन् । यी दुइको यो तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

सारा र कात्तिकले क्यामेरा देख्ने वित्तिकै अनुहार लुकाएका थिए । साराले अनुहार छोप्दा कात्तिक हाँसेका छन् । कात्तिक र बलिउड नायिका अनन्या पाण्डेविच प्रेमको चर्चा चलिरहेको छ । तर, यो चलचित्रमा काम गरेसँगै कात्तिक र साराविच पनि मित्रता बलियो भएको चर्चा चलिरहेको छ ।

कतिपयले चलचित्रको प्रमोशनका लागि यी दुइले प्रेमको नाटक सुरु गरेको टिप्पणी पनि गरेका छन् । यी दुई चलचित्रको छायांकन सकेर एकसाथ घर जाँदै गर्दा मिडियाको क्यामेरामा कैद भएका हुन् । यो फोटो भाइरल भएपछि चलचित्र ‘लभ आजकल’का निर्देशक इम्तियाज अलीले दुइलाई एकसाथ बाहिर नदेखिन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment