Comments Add Comment

छ देशका खेलाडी धनगढीमा, भोलिदेखि अन्तर्राष्ट्रिय कराते

८ जेठ, धनगढी । धनगढीमा भोलि सुरु हुने आरबीए नवौं अन्तर्रािष्ट्रय गोजुरियो कराते प्रतियोगिता २०७६ को तयारी पुरा भएको छ ।

सार्क राष्ट्रका विभिन्न देशका ७ सय भन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगिताको प्राविधिक तयारी पूरा भएको आयोजक राष्ट्रिय गोजुरियो कराते दो संघले जनाएको छ ।

बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजकले नेपालका विभिन्न प्रदेशका टोली धनगढी आइसकेको जानकारी दिए, विदेशी खेलाडी र अफिसियल भने धनगढी पुग्ने क्रम जारी छ ।

भारत, बंगलादेश, भुटान, माल्दिभ्स, अफगानस्तान लगायतका देशहरुका खेलाडी र प्रशिक्षक धनगढी आइसकेका प्रतियोगिता संयोजक प्रकाश चन्दले जानकारी दिए ।

प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरी तीन विधामा प्रतिस्पर्धा हुने तीनै विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुने संयोजक चन्दले जानकारी दिए ।

प्रतियोगिताको प्रथम हुुने टिमले ७५ हजार, दोस्रो हुने टिमले ५० हजार पुरस्कार पाउने छन् । त्यस्तै टिम कुमुते विजेतालाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment