+
+
Shares

धनगढीको धर्मशालाबाट डा. गोविन्द केसीको सत्याग्रह सुरु

डा. गोविन्द केसीले धनगढीबाट सत्याग्रह (अनसन) सुरु गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १५:४७

६ साउन, काठमाडौं । डा. गोविन्द केसीले धनगढीबाट सत्याग्रह (अनसन) सुरु गरेका छन् । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर बिहीबार दिउँसोबाट डा. केसीले सत्याग्रह सुरु गरेका हुन् ।

केसी धनगढीमा अनसन बस्न बुधबार साँझ धनगढी पुगेका थिए । धनगढी पुगेर उनी सोही धर्मशालामै बास बसेका थिए । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर उनले सत्याग्रह सुरु गरेका छन् ।

डा. केसीले सरकारलाई ५ बुँदे माग राखेका थिए । ती माग पूरा गर्न डा. केसीले मंगलबार (साउन ५ गते) सम्मको समयसीमा दिएका थिए । तर, सरकारले पूर्ण रूपमा बेवास्ता गरेको भन्दै उनले आजबाट सत्याग्रह सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?