Comments Add Comment

‘कम्पन’को दोस्रो संस्करण सगरमाथामा विमोचन

अमेरिका / अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउँदै आएका पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोश्रो संस्करण सगरमाथामा विमोचन गरिएको छ ।सगरमाथा आरोही कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको विमोचन गरेका हुन् ।

शेर्पाले२३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो कीर्तिमान तोडेर २४औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए । सोही अवसरमा ‘कम्पन’को पनि विमोचन गरेका हुन् ।

गत सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल कामीरिता शेर्पाले त्यहाँबाट पुस्तक कम्पनको विमोचन गरेको चलचित्र निर्माता तथा फोटोपत्रकार विनोद अधिकारीले जानकारी दिए । अधिकारीले पनि सन् २०११ मा सगरमाथामा  एक टेलिभिजन विज्ञापन निर्माण गरेका थिए ।

‘कम्पन’ नेपालमा गएको ०७२ को भूकम्प सम्बन्धी लेखिएको पुस्तक हो । त्यसवेला सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको मृत्यु भएको थियो, जसमा गुगलका कार्यकारी अधिकारी डानियल पलसमेत रहेका थिए । सगरमाथा आधार शिबिरमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको थियो ।

हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढ सय बढीको उद्धार गरिएको थियो । पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिदा बाँच्न सफल नेपालीको अनुभवसमेत समेटिएको छ ।

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक ‘कम्पन’मा महाभूकम्पमा आफन्त गुमाउनेहरु, मुस्किलले बाँचेकाहरु, राहत र उद्धारमा खटिनेहरु, उपचारमा खटिनेहरु र समाचार संकलनमा खटिनेहरुको जीवन्त बयान समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment