Comments Add Comment

तातोपानी नाका यही महिना खुल्नेमा आशंका

१२ जेठ, काठमाडौं । २०७२ सालमा गएको भूकम्प पछि भौतिक संरचना भत्किएर बन्द भएको तातोापनी नाका सञ्चालनका लागि यतिबेला तयारी तीव्र पारिएको छ । चिनिया पक्षले आगामी १७ गतेदेखि नै नाका सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । नाकामा पर्ने मितेरी पुलको निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

तर यस क्षेत्रबाट सामान ल्याएर काठमाडौंमा व्यपार गर्ने व्यवसायीहरुले भने आगामी १७ गते नाका सञ्चालनमा आउनेमा आशंका व्यक्त गरेका छन् । नाका सञ्चालनमा ल्याउन चीन र नेपाल दुबै देशले सक्रियता देखाए पछि नेपाल राष्ट्रिय व्यवसायी महासंघको टोली शनिबार स्थलगत अवलोकनका लागि तातोपानी पुगेको थियो ।

स्थलगत अवलोकन पछि एक साताभित्रै सञ्चालनमा आउने सम्भावना कम भएको व्यवसायीहरुले बताएका छन् । ‘साता दिनभित्रै नाका खोल्ने चीनको तयारी छ भन्ने कुरा सुनेका थियौं’ महासंघका अध्यक्ष नरेश कटुवालले भने, ‘तर स्थलगत अवलोकनले अझै केही समय लाग्छ भन्ने देखियो ।’

अवलोकन टोलीको संयोजकसमेत रहेका महासंघका प्रथम उपाध्यक्ष नयन पण्डित क्षेत्रीले भने नाका सञ्चालनमा आउन अझै केही दिन लाग्ने बताए । उनले भने, ‘मितेरी पुल निर्माण नै सकिन बाँकी छ, त्यसबाहेक पनि ठाउँठाउामा बाटोहरु बिग्रिएका छन्, अझै केहि समय लाग्ने देखियो ।’

चीन सरकारले आफ्नै लगानीमा सुख्खा बन्दरगाहसमेत बनाइदिएको छ । तर बन्दरगाहमै रहने भनिएको भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचरहरु व्यवस्था अझै गरिएको छैन ।

फर्निरचर किन्न पनि नेपाल सरकारले चीन सरकारले आश गरेका कारण पनि अझै केही समय लाग्ने देखिएको व्यवसायीहरु बताउछन् । अवलोकनका लागि महासंका अध्यक्ष कटुवाल, प्रथम उपाध्यक्ष पण्डित, उपाध्यक्ष गोविन्द कार्की, महिला उपाध्यक्ष रुपमणी सेढाईं, सहकोषाध्यक्ष कुसुम महर्जन लगायतको ३४ जनाको टोली शनिबार नाका तातोपानी पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment