Comments Add Comment

२१ निर्माण कम्पनी सम्मानित

१२ जेठ, काठमाडौं । निर्माण व्यवसायी महासंघ नेपालसँगको सहकार्यमा ‘कन्स्ट्रक्सन टाइम्स म्यागेजिन’ ईन्डियाले नेपालका २१ निर्माण व्यवसायीलाई सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उत्कृष्ट व्यवसायी तथा निर्माण कम्पनीलाई ‘नेपाल इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन एक्सेलेन्स (नाइस)’ अवार्ड प्रदान गरेको छ ।

राष्ट्रिय सभाअध्यक्ष गणेश तिमिल्सनाले उत्कृष्ट व्यवसायी तथा निर्माण कम्पनीलाई अवार्ड प्रदान गरे । सरकारको सुखी नेपाली, समृद्ध नेपालको नारा सार्थक बनाउन निर्माण व्यवसायी मुख्य साझेदार भएकोको उनको भनाई थियो ।

नाइस अवार्ड आयोजक कन्स्ट्रक्सन टाइम्सका प्रकाशक तथा सम्पादक रामामुर्थी मायावनले नेपालको द्रुत विकास गर्न निर्माण तथा संरचना विकासमा सरकारले अवलम्बन गरेको नीति र कार्यक्रमको प्रशंसा गरे । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अवार्डले विजेतालाई मात्र नभई समग्र निर्माण उद्योगलाई प्रेरणा दिएको बताए ।

यो वर्षको उत्कृष्ट निर्माण कम्पनीको अवार्ड रमण कन्स्ट्रक्सनले प्राप्त गरेको छ । विजेता कम्पनीका प्रबन्ध निर्देशक पवन महतोले यस्ता अवार्डले निर्माण व्यवसायीलाई निर्माण कार्यमा उत्कृष्ट रणनीति र कडा मिहेनतको बाटो अवलम्बन गर्न प्रेरणा दिने बताए ।

विभिन्न विधामा प्राप्त ८५ आवेदनबाट विज्ञ सम्मिलित निर्णायक मण्डलले २१ वटा उत्कृष्ट निर्माण कम्पनीलाई अवार्ड प्रदान गरेको थियो ।

उक्त अवसरमा नारायणगढ-मुग्लिङ सडक बनाउने लामा कन्स्ट्रक्सन, आर्क ब्रीज बनाउने जलप नेपाल, ढल्केवर-बिर्तामोडट्रान्समिसन लाइन बनाउने नेपाल लाइन, सोलु हाइड्रोपावर बनाउने पटेल इन्जिनियरिङलगायत २१ निर्माण कम्पनी सम्मानित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment