+
+

राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा मुक्तिनाथदेखि गोरखासम्म

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते २०:३७

१३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेठ २४ गतेबाट सुरु गर्ने दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा मुक्तिनाथबाट सुरु भई गोरखामा समापन गर्ने भएको छ ।

जेठ २४ गते धार्मिक महत्वको स्थल मुक्तिनाथबाट शुरु गरी जेठ २७ गते ऐतिहासिक स्थल गोरखामा सम्पन्न गर्ने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

दोस्रो चरणको कार्यक्रमको तयारीका लागि सोमबार मूल समितिको बैठक बसेको थियो । बैठकले ताप्लेजुङबाट शुरु भएको पहिलो चरणको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको विभिन्न समितिलाई दोस्रो चरणमा पनि निरन्तरता दिने श्रेष्ठले बताए ।

यसपटकको यात्रा ७ जिल्लामा धार्मिक अनुष्ठान, कोणसभा, आमसभा लगायतको विविध कार्यक्रमको आयोजना गरि गोरखामा सम्पन्न हुने राप्रपाले जनाएको छ । राप्रपाले नेपाल सरकार समक्ष २२ बुँदे माग राखी जनसंघर्ष गर्दै आएको छ । राप्रपाको मागको विषयमा एक पटक सरकारसँग वार्ता पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?