Comments Add Comment

मौनी भन्छिन्–‘म सिंगल छु’

भारतीय टेलिभिजनमा चिनिएको नाम हो मौनी रोय । ‘नागिन’ नामक चर्चित टेलिभिजन सिरियलमा उनले शिवन्यारशिवांगीको भूमिका निर्वाह गरेकी छिन् । उनले अन्य धेरै चर्चित टेलिभिजन शोमा पनि अभिनय गरिसकेकी छिन् ।

टेलिभिजनमा मात्र हैन, उनले केही चलचित्रमा पनि काम गरिसकेकी छिन् । उनले अक्षय कुमार स्टारर चलचित्र ‘गोल्ड’मा मुख्य भूमिका समेत निर्वाह गरिसकेकी छिन् । त्यस्तै उनले ‘केजीएफ’को ‘गली गली’ बोलको गीतमा आइटम प्रस्तुत गरेकी छिन् ।

उनै मौनीलाई प्रेमको विषयमा प्रश्न गरिएको थियो । उनले आफू सिंगल भएको बताइन् । उनले भनिन्–‘म कसैको प्रेममा छैन । मेरो प्रेम त केवल मेरो कामसँग छ । अहिले अरु कुरामा अड्किने मसँग समय नै छैन ।’ मौनीले आफू सिंगल हुँदा नै खुसी भएको समेत बोलेकी छिन् । उनले भनेकी छिन्, ‘म अहिले मेरो जीवनमा निकै रमाइरहेको छु । यदी मेरो जीवनमा कोही आयो भने यो खुसी के हुन्छ तपाईहरुलाई थाहा नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment