
१७ जेठ, काठमाडौं । प्रहरीले रुपन्देहीको सिद्धार्थ नगरपालिका–३, काटा गाउँबाट अवैध कल बाइपासमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय मैनुद्धिन धुनियाको घरमा डेरा गरेर बस्ने भारतको महराजगञ्ज थाना नौतवना ग्रामका २६ वर्षीय खुर्सेद अन्सारी छन् ।
उनले अवैध भीओआईपी प्रयोग गरेर कल बाइपास गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिपक रेग्मी बताउँछन् । विशेष सुचनाको आधारमा ब्युरोको टोलीले खुर्सेदको कोठामा छापा मारेर कल बाइपासमा प्रयोग हुने सामग्री पनि बरामद गरेको छ ।
रेग्मीका अनुसार पक्राउ परेका अन्सारीमाथि दूरसंचार ऐन, २०५३ अन्तरगत जिल्ला अदालत, रुपन्देहीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4