Comments Add Comment

एअर डाइनेस्टिले भित्र्यायो नयाँ हेलिकोप्टर

१७ जेठ, काठमाडौं । हेलिकोप्टर सेवा प्रदायक कम्पनी एअर डाइनेस्टिले फ्रान्समा बनेको अत्यधुनिक नयाँ हेलिकप्टर खरिद गरेको छ ।

एअरबस एएस ३५० बी ३ ई (एच १२५) हेलिकप्टर शुक्रबार शुक्रबार काठमाडौं आईपुगेको एअर डाइनेस्टिका म्यानेजर बालकृष्ण पण्डीतले जानकारी दिए । डाइनेस्टिले खरिद गरेको नयाँ हेलिकोप्टर नेपालमै रिएसेम्बल हुने कम्पनीले जनाएको छ । खरीद गरिएको हेलिकप्टर ९ एन एएनए कलसाइन प्राप्त ८४४५ सिरियल नम्बरको रहेको पण्डितले बताए । हेलिकोप्टरले हालसम्म १० घन्टा परीक्षण उडान भरेको छ ।

एकल इन्जिन भएको यो सबैभन्दा शक्तिशाली हेलिकोप्टर रहेको कम्पनीको दाबी छ । एअर डाइनेष्टीका अनुसार नयाँ हेलिकोप्टर ल्याएसँगै कम्पनीले दिने सेवा नयाँ प्रविधिमा आधारित र थप विश्वसनीय हुने छ ।

डाइनेस्टिले करिब २७ करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको हो । नयाँ हेलिकोप्टर २३ हजार फिटसम्म सहज उडान गर्ने क्षमता राख्दछ । हेलिकोप्टरमा सेमिग्लास ककपिट छ । डाइनेस्टिसँग अहिले ४ वटा हेलिकोप्टर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment