
१७ जेठ, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम “मनकामना अटोमोबाईलस्” संचालन गरेको हो ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स्, सेवा तथा एसेसरिज खरिदका लागि सहज हुनेछ । यसैको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग बिश्वास लिएको छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई थप सुविधा सहित गुणस्तरीय तथा छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले नयाँ शोरुम संचालनले खुसी तुल्याएको बताउँदै ग्राहहको बढ्दो मागकै कारण बिराटनगरमा नयाँ शोरुम सञ्चालन गर्न उत्साहित भएको बताए ।
प्रतिक्रिया 4