+
+

बच्चाले खेल्दाखेल्दै कारमा आगो लगाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते १२:५९

१९ जेठ, काठमाडौंं । शनिबार दिउँसो नक्साल भगवती वहालको चौरमा एक हुल बालबालिका लुकामारी खेलिरहेका थिए । उमेरले ९ वर्ष पुगेका आकर्षक थापा र रोकश चौधरी नजिकै पार्क गरिएको कार छेऊ बसेका थिए ।

खेल्ने क्रममा भेट्टाएको सलाइ उनीहरुले कारे, जसको झिल्कोले कारमा भेट्यो । लगत्तै, आगो लागेको देखेपछि स्थानीयले महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा खबर गरे । तर, प्रहरी आइपुग्दा कार काम नलाग्ने भइसकेको थियो ।

कमलपोखरी प्रहरीका अनुसार आगलागी भएको बा २ च ११२९ नम्बरको कार तोप्ला युक्यापको नाममा दर्ता छ । उनी अहिले पोखरामा छन् ।

घटनापछि प्रहरीले उनीसँग गरेको टेलिफाने सम्पर्कपछि करिब एक वर्षदेखि त्यो कार त्यत्तिकै थन्किएको खुलेको छ । ‘तेल धेरै खाने भएपछि थन्काइदिएको थिएँ’, युक्यापको भनाइलाई उदृत गर्दै वृत्तका एक अधिकृतले भने ।

प्रहरीले घटनापछि दुई जना नाबालकलाई नियन्त्रणमा लिएको थियो । तर, युक्यापसँग कुराकानी भएपछि दुवै जनालाई परिवारको रोहवरमा छाडिएको छ । ‘कारधनीकै सल्लाह बमोजिम उनीहरुलाई आवश्यक पर्दा पुनः उपस्थित हुने गरी जिम्मा लगाएका हौं’, प्रहरीले स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?