Comments Add Comment

अञ्जना हत्या प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

१९ जेठ, काठमाडौंं । ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा प्रहरीले अनुसन्धान सकेको छ ।

२६ वैशाखमा घरमा आमा र बुहारी मात्रै भएका वेला खुकुरी प्रहार गरेर हत्या गरिएको प्रकरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाइएको बताए । उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘अस्ति प्रतिवेदन बुझाएका थियौं । अब सरकारी वकिलको कार्यालयले दिने राय अनुसन्धान अदालती प्रक्रिया अघि बढ्छ ।’

यो पनि पढ्नुहोस अञ्जना हत्याकाण्ड : मानिस यति क्रुर पनि हुनसक्छ ?

स्रोतका अनुसार प्रहरीले घटनामा उज्जवलको मात्रै संलग्नता रहेको निष्कर्ष निकालेको छ । अञ्जनाको माइती पक्षले भने एक जनाले मात्रै क्रुर तरिकाले विभत्स हत्या गर्न नसक्ने दाबी गर्दै परिवारका अन्यमाथि पनि अनुसन्धान गर्न माग गरेको थियो ।

उज्जवलको परिवारले भने उनी मानसिक रोगबाट ग्रसित भएको दाबी गरेको थियो । यद्यपि, प्रहरी अनुसन्धानबाट भाइ प्रज्वल र बुहारी अञ्जना महतसँग उनी असन्तुष्ट रहेको देखिएको थियो ।

‘भाइबुहारीले घर बन्धकी राखेर क्यान्डा जाने प्रक्रिया थालेपछि उनी बुहारीसँग रुष्ट बनेका थिए’, प्रहरी स्रोतले भन्यो । कतिपयले अञ्जनाको हत्याअघि जबरजस्तीकरणी भएको हुनसक्ने आशंका गरे पनि त्यो भने पुष्टि हुन सकेन ।

प्रहरीले परीक्षणका लागि भजाइनल स्वाब अस्पतालमा पठाएको थियो । ‘मृतकमाथि जबरजस्तीकरणी भएको मेडिकल जाँचबाट देखिएन’, अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अञ्जनाको शवको पाटन अस्पतालमा पोष्टमार्टम भएको थियो ।

यो पनि पढ्नुहोस अञ्जना हत्या प्रकरणमा ट्वीस्ट : भाइबुहारीसँग असन्तुष्ट थिए उज्वल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment