Comments Add Comment

राजपा भन्छ- इन्डो प्यासेफिकबारे सत्यतथ्य के हो ?

'परराष्ट्रमन्त्रीको दावी र अमेरिकी रिपोर्ट बाझियो'

२० जेठ, काठमाडौं । राजपा नेपालले इन्डो प्यासेफिक रणनीतिबारे नेपालको धारणा स्पष्ट पार्न माग गरेको छ । साथै उसले नेपाल-भारत सम्बन्धको कुरा गर्दा मधेसलाई बेवास्ता नगर्न पनि ध्यानाकर्षण गराएको छ ।

सोमबार संसदको विशेष समयमा बोल्दै राजपा नेता राजकिशोर यादवले परराष्ट्र मन्त्रीको दावी र अमेरिकी विदेश मन्त्रालयको रिपोर्ट बाझिएकाले यसको सत्यतथ्य जानकारी दिन माग गरे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गर्दै इन्डोप्यासिफिक स्टाडेजीक पार्टनरसीपमा नेपाल संलग्न नरहेको बताएका थिए । उनको यो अभिव्यक्तिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको यादवले बताए ।

उनले भने, ‘परराष्ट्र मन्त्री जीले त्यो विषय हुँदै हुँदैन भनी अस्वीकार गरेको जानकारी हामीले पायौं । तर अमेरिकन परराष्ट्र मन्त्रालयबाट जारी गरेको फिस्कल इयरको रिपोर्टमा नेपाल पनि समाहित भएको कुरा आएको छ । यसको सत्यतथ्य के हो हामीले पनि जानकारी पाउनुपर्ने विषय भएकोले माननीय परराष्ट्र मन्त्रीजीबाट जानकारीको अपेक्षा गर्छु ।’

पूर्वमन्त्रीसमेत रहेका यादवले भारत र नेपालको सम्बन्धको कुरा गरिरहँदा मधेसलाई उपेक्षा गरेर कुनै प्रकारको सम्बन्धले पूर्णता नपाउने बताए । ‘नेपाल र भारतबीचको सम्बन्धमा मधेसका पार्टीहरुलाई अनदेखा गरेर, उसको प्रतिनिधिलाई अनदेखा गरेर अगाडि बढ्न खोजेको छ, यसले नत दीर्घकालीन रुपमा पूर्णता पाउँछ, नत कार्यान्वयन तहमा जान्छ । त्यसैले वृहत छलफल होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment