
२० जेठ, काठमाडौं । खेतबारीको मकैमा रसायनिक मल हाल्न नपाएको भन्दै धादिङका कृषक आन्दोलित भएका छन् । सहुलियतको मल लिन जिल्ला सदरमुकाम पुगेका कृषकहरुले मल नपाएपछि रित्तो बोरा लिएर जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
निलकण्ठ नगरपालिका कृषि सहकारीले अनुदानमा मल वितरण गर्ने जानकारी पाएपछि बिहान ३ बजेदेखि करिब ६ सय कृषकहरु सहकारीमा लाइन लागेका थिए । तर, सहकारीमा जम्मा १८० बोरा मात्रै मल भएपछि वितरण गर्न नसकिने जानकारी सहकारीले गराएको स्थानीय कृषक भक्तबहादुर श्रेष्ठले बताए ।
रातिदेखि लाइन लागेर पनि मल नपाएपछि आक्रोशित बनेका कृषकहरु सहकारीबाट प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
खाली बोरा टाउकोमा बाँधेर प्रर्दशनमा उत्रिएका कृृषकले तत्काल मल उपलब्ध गराउन प्रमुख जिल्ला अखधिकारीसमक्ष माग गरेका थिए ।
कृषिप्रधान मुलुकमा मल नपाएर मकै घोगा नलाग्ने अवस्थामा पुगेको भन्दै आक्रोशित भीडले कृषिमन्त्रीको राजीनामासमेत मागेको थियो ।
प्रतिक्रिया 4