Comments Add Comment

राजपा नेताको प्रश्न : ५१ प्रतिशत जनसंख्यालाई किन २० प्रतिशतमात्रै बजेट ?

२० जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले सरकारले बजेटमा मधेसलाई विभेद गरेको आरोप लगाएको छ ।

बजेट छलफलमा भाग लिँदै सोमबार राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले ५१ प्रतिशत जनसंख्या रहेको मधेसमा जम्मा २० प्रतिशत बजेट विनियोजन गरेको आरोप लगाए ।

‘जनसंख्यालाई आधार मानिएको छैन । भूगोलको आधारलाई पनि ध्यान दिइएको छैन’ उनले भने ‘जुन भूभागमा ५१÷५२ प्रतिशत जनसंख्या बसोबास भएको ठाउँमा २० प्रतिशत बजेट छ । कसरी विकास हुन्छ ?’

बजेटका कारण तराई र मधेसका जनता बढी प्रभावित भएको भन्दै उनले मधेसका किसानमा बजेटले उत्साह भर्न नसकेको बताए । प्रदेश २ लाई कृषि जोनको रुपमा विकास गर्ने हो भने खाद्यान्नमा देश आत्मनिर्भर हुन सक्ने भन्दै यादवले ‘अन्नभण्डार तराई मधेसलाई बजेटले उपेक्षा गरेको छ ।’

बजेट महत्वाकांक्षी, वितरणमुखी र केन्द्रीकृत भन्दै उनले संघीयताको मर्म र भावनालाई पनि संबोधन गर्न नसकेको टिप्पणी गरे । प्रदेश र स्थानीय तहमा जाने बजेट ३४ प्रतिशतबाट घटाएर ३० मा झारिएको यादवले बताए ।

हुलाकी राजमार्गमा विनियोजन भएको १४ अर्बले २ वर्षभित्रमा निर्माण नसकिने भन्दै उनले धेरै पुल निर्माण र मुआब्जा वितरणको काम बाँकी रहेकाले बजेट अपुग भएको धारणा राखे ।

स्थानीय तहले वितरण गर्नुपर्ने सेनिटरी प्याड वितरण गरेर केन्द्र सरकार मख्ख परेको यादवले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment