
२० जेठ, काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले लागू हुने गरी कम्पनीको नयाँ नायब प्रमुख कार्यकारी अधिकृतमा रुपमा टी बर्णवाललाई नियुक्त गरेको छ ।
अभिजित घोष दस्तिदार आफ्नो कार्यकाल पुरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो ।
बिकम (अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गरेका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजरको पदमा कार्यरत थिए ।
उनले एलआईसी अफ इन्डियामा सन् १९९८ मा अधिकृत स्तरबाट आफ्नो सेवा प्रारम्भ गरी वित्त तथा लेखा, प्रशासन र मार्केटि विभागहरुमा २१ वर्षको कार्यानुभव संगालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4