+

विश्वकप क्रिकेटमा आज श्रीलंका र अफगानिस्तान भिड्दै

२०७६ जेठ  २१ गते ७:३० २०७६ जेठ २१ गते ७:३०
विश्वकप क्रिकेटमा आज श्रीलंका र अफगानिस्तान भिड्दै

२१ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

कार्डिफस्थित सोफिया गार्डेनमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अफगानिस्तानसँग श्रीलंकाले प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए ।

श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । आजको खेलमा दुवैै टिम जित हात पार्ने लक्ष्यमा हुनेछन् ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय