२१ जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १०.५० प्रतिशतका दरले प्रत्येक ६-६ महिनामा ब्याजको भुक्तानी ग्ार्ने गरी रु दुई अर्ब रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२’ ऋणपत्र निष्काशन गर्ने भएको छ ।
जेष्ठ २४ गतेबाट निष्काशन गर्न लागेको ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाइसकेको छ ।
सो ऋणपत्रलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितो स्वरुप ऋण प्रयोजनको लागि योग्य मानिने र थप, स्टक एक्सचेन्जमा समेत कारोबार हुने गरी व्यवस्था गरिएको छ ।
बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो र यसअघि पनि रु ७५ करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८’ र रु ५० करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७७’ लगायत अन्य निष्काशनहरु पनि गरेको थियो जुन बजारमा सफल हुन गएको थियो ।
बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधरणका लागि निष्काशन ग्ार्ने छ र सो मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने संस्थागत लगानीकर्ताहरुले प्राइभेट प्लेसमेन्ट मार्फत अधिकतम हद लागू नहुने गरी आवेदन दिन सक्नेछ ।
सात बर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटलले जिम्मा पाएको छ ।
हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।
बैंक अफ दि एयरका् उपाधि पाँच पटक प्राप्त गरिसकेको बैंकले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट गत वर्ष युरोनमी अवार्ड फर एक्सिलेन्स बेस्टक बैंक अवार्ड प्राप्त गर्न सफल भएको थियो र इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ए प्लस स्तर हासिल गरेको हो ।
प्रतिक्रिया 4