+

पाकिस्तान र इंगल्याण्डका खेलाडीमाथि आईसीसीको कारबाही

२०७६ जेठ  २१ गते १९:४१ २०७६ जेठ २१ गते १९:४१
पाकिस्तान र इंगल्याण्डका खेलाडीमाथि आईसीसीको कारबाही

२१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आचार संहिता उल्लघन गरेको भन्दै इंग्ल्यान्डका दुई खेलाडी र पाकिस्तान टीमलाई कारबाही गरेको छ ।

विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा पाकिस्तानले निर्धारित समयभन्दा एक ओभर ढिलो बलिङ गरेको भन्दै कारबाही गरेको हो । कारबाहीस्वरुप पाकिस्तानका कप्तान सर्फराज अहमदलाई म्याच फीको २० प्रतिशत र अन्य खेलाडीलाई १० प्रतिशत जरिवाना आईसीसीले गरेको छ । सोमबार राति पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दै पहिलो जित निकालेको थियो ।

यता, इंग्ल्यान्डका ज्यासन रोय र जोफ्रा आर्चरलाई पनि आईसीसीले जरिवाना गरेको छ । खेलकै दौरानमा दुबै खेलाडीले आचारसंहित विपरित बोलेको आईसीसीले जनाएको छ । दुई खेलाडीलाई म्याच फी को १५–१५ प्रतिशत जरिवाना गरेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय