+

न्युजिल्यान्डविरुद्ध उच्च मनोबलको साथ मैदानमा उत्रिँदै बंगलादेश

२०७६ जेठ  २२ गते ७:३५ २०७६ जेठ २२ गते ७:३५
न्युजिल्यान्डविरुद्ध उच्च मनोबलको साथ मैदानमा उत्रिँदै बंगलादेश

२२ जेठ, काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत आज बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

लण्डनमा आज बेलुकी नेपाली समयानुसार ६ बजेर १५ मिनेटमा बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आ–आफ्नो पहिलो खेलमा जित हात पारेका छन् । न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि १० विकेटको जित हात पारेको थियो ।

यता, बंगलादेशले पनि आफ्नो पहिलो खेलमा बलियो टिम दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमै ठूलो टिमलाई पराजित गरेको बंगलादेश आजको खेलमा न्युजिल्यान्डविरुद्ध उच्च मनोबलको साथमा मैदानमा उत्रिँदैछ ।

न्युजिल्यान्ड जारी विश्वकपको उपाधि दाबेदार राष्ट्रहरूमध्ये एक हो । आजको खेलमा जित हात पार्दै विश्वकप यात्रालाई झनै सजिलो बनाउने लक्ष्यमा न्युजिल्यान्ड रहेको छ ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय