+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कन्काई बिकास बैंक प्राइम बैंकमा गाभिने

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १८:२६

२२ जेठ, काठमाडौं । प्राइम कमर्सियल बैंकले ‘ख’ वर्गको वित्तीय संस्था कन्काई विकास बैंकलाई प्राप्ति(एक्विजिसन) गर्ने सम्झौता भएको छ।

सहमतिपत्रमा प्राइम बैंकका सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंकका सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले सहमतिपत्रमा हस्ताक्षर गरे।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको साथै थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले कन्काईलाई एक्विजिसन गर्न सहमति जनाइएको छ।

कन्काई विकास बैंकका ग्रामीण क्षेत्रमा शाखा संजालहरु छन। प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ ।

नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?