Comments Add Comment

शुरु भयो हिमालयन ट्राभल मार्ट, ४३ देशका ७ सय पाहुना

२४ जेठ, काठमाडौं । ४३ देशका करीव ७ सय पर्यटनसँग सम्बन्धित पाहुनाले भाग लिएको हिमालयन ट्राभल मार्ट राजधानीमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मार्टको औपचारिक उद्घाटन गरे । पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करणमा ४३ देशबाट झण्डै ७ सय प्रतिनिधि सहभागी रहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्यले जानकारी दिए ।

तेस्रो संस्करणको यस मेलाले नेपाललाई हिमालय भेगको प्रवेशद्धारका रुपमा स्थापित गर्ने आयोजकको भनाई छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमको समन्वयमा प्यासिफिक एसिया ट्रावल एशोसियसन -पाटा)ले ‘मार्ट’ आयोजना गर्दै आएको हो ।

नेपाल शाहसिक पर्यटनको उत्कृष्ट गन्तब्यः प्रधानमन्त्री

मार्टको औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाल शाहसिक गन्तब्यका लागि उत्कृष्ट गन्तब्य रहेको बताए । प्राकृतिक सौन्दर्य, जैविक विविधताले यस मुलुकलाई सुन्दर बनाएको उनको भनाई छ । यस भित्रको असिमिति सम्भावनालाई विश्वसामु ल्याउन मार्ट उपयुक्त माध्यम भएको उनको भनाई छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटन उहाँले मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ‘ट्राभल ट्रेड’ मेलाको रुपमा स्थापित हुँदै गएको बताए । यसमा आयोजना गरिने बी-टु-बी कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको तर्क छ । नेपालमा सार्वजनिक निजी साझेदारीको उपयुक्त नमुना मार्ट भएको बताए ।

पाटा इन्टरनेशनलका उपाध्यक्ष वोङ्ग सुन हृवाले नेपालको पर्यटन विकासमा पाटा इन्टरनेशनल सधै साथमा रहेको उल्लेख गरे ।

यस पटक सबैभन्दा ठूलो सहभागितामा मेला आयोजना भएको हो । सन् २०१७ मा ५३ देशका २२५ र सन् २०१८ मा ३६ देशका १७० प्रतिनिधिले भाग लिएका थिए । मार्ट आइतबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment