Comments Add Comment

गुठी विधेयक र प्रहरी दमनविरुद्ध संसदमा हंगामा, पम्फाले बोल्दा कांग्रेसको अवरोध

२७ जेठ, काठमाडौं । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदले विरोध गरेका छन् । तर सरकारको जवाफ चाहियो भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदले सत्तापक्षकी सांसद पम्फा भुसालले बोल्दा सदन अवरोध गरेका छन् ।

बैठकको शुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए । त्यसलगत्तै सभामुखले नेकपाकी सांसद भुसाललाई बोल्न समय दिए पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरे ।

सभामुखले सोही विषयमा भुसालले बोल्न चाहेकाले सुन्न आग्रह गर्दा पनि कांग्रेस सांसदले विरोध जनाएर होहल्ला गरेपछि भुसालले आफ्नो भनाइ राखिन् । उनले गुठी बिधेयक संस्कृति समाप्त पार्ने ढंगले आएको भन्दै विधेयक र गुठियारमाथिको दमनको विरोध गरिन् ।

त्यसपछि मन्त्री पद्मा अर्यालले जवाफ दिँदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment