Comments Add Comment

सेयर बजारमा ८ अंकको गिरावट, विकास बैंकका लगानीकर्ताले कमाए

२७ जेठ, काठमाडौं । साताको पहिलो कारोबार सोमबार सेयर बजारमा ८ दशमलव ७८ अंकले गिरावट आएको छ । सोमबार ८ दशमलव ७८ अंकले घटेर ओरालो लागेर सेयर कारोबार मापक नेप्से परिसूचक ८१२७५.८२ अंकमा आइपुगेको छ । साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा परेका कारणले कारोबार बन्द थियो ।

अधिकांश उपसमूहहरु घटेर राताम्मे देखिएका छन् । कारोबार रकम भने ६१ करोड रुपैयाँ माथि भएको छ । दिनभर भएका १७३ कम्पनीको ८ हजार ३ सय २७ कारोबारबाट २० लाख ७२ हजार १ सय ८२ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६१ करोड ३ लाख १२ हजार ३१ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकमका आधारमा सोमबार एनआइसी एशिया अग्रस्थानमा देखिएको छ ।

एनआइसी एशिया बैंकको मात्रै सोमबार ४ करोड १८ लाख रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ । दोस्रो स्थानमा भने शिवम् सिमेन्छ देखिएको छ । ३ करोड ९० लाख रुपैयाँ भन्दा धेरेको कारोबार भएर शिवम दोस्रो स्थानमा देखिएको हो ।

एसबीएर, एनबीएर र नविलपी कारोबार रकमका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् । अन्य सबै उपसमूहहरु राताम्मे देखिदा म्युचुअल फण्ड, उत्पादनमूलक क्षेत्र र विकास बैंकका लगानीकर्ताहरुले भने कमाएका छन् ।

उत्पादनमूलक उपसमूह १५ अंक भन्दा माथिले वृद्धि भएको द्ध भने विकास बैंक उपसमूहमा ४ अंक भन्दा माथिको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment