Comments Add Comment

बिचौलियाले बढाए डडेल्धुरामा तरकारीको भाउ, किसान–उपभोक्ता मारमा

२८ जेठ, डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघले तरकारी तथा फलफूलको मुल्यमा एकरुपता कायम गर्न नसक्दा जिल्लामा महँगी मौलाएको छ । तरकारीको भाउ महँगिदा बिचौलिया मालामाल भएका छन् भने किसान र उपभोक्ता यसको मारमा परेका छन् ।

विचौलियाको कारण पनि तरकारी तथा फलफूलको मूल्य आकाशिएको अमरगढी नगरपालिका–७, पोखराका स्थानीय पुष्पराज भट्टले गुनासो गरे । कृषि उपजहरु सस्तो मूल्यमा खरिद गर्ने र बजारमा २÷३ गुणा बढीमा बिक्री गर्ने गरेको उनको गुनासो छ ।

डडेल्धुरा सदरमुकामका तरकारी तथा फलफूल व्यापारीहरुले उद्योग वाणिज्य संघले कायम गरेको खरिद मूल्यभन्दा पनि कम मूल्यमा कृषकबाट उपजहरु खरिद गरी शतप्रतिशत मूल्य बढाएर उपभोक्तालाइ बिक्री गर्ने गरेको पाइएको हो । तर डडेल्धुरा उद्योग वाणिज्य संघले बिक्री मूल्य भने कायम गर्न सकेको छैन । तरकारी तथा फलफूलहरु भारतबाट आयात हुने भएकाले मूल्य निर्धाण गर्न कठिन भएको डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ ।

जिल्लाको भागेश्वर गाउँपालिका–४, एैडुङ्गराका कृषक जीतबहादुर ओड बिचौलियाका कारण कृषि पेशा आत्मनिर्भर बन्न नसकेको बताउँछन् । मिहिनत किसानले गरे पनि फाइदा भने बिचौलियाले लिने गरेको गुनासो उनको छ ।

सम्बन्धित पक्षको मौनताले कृषक तथा उपभोक्ताहरुले समस्या झेल्नु परेको भागेश्वर गाउँपालिका–३.का वडा सदस्य मदनराज भट्टले बताए । स्थानीय सरकारहरुले तरकारीको लागि बजारीकरण तथा मूल्य निर्धाण गर्नुपर्ने उनको भनाइ छ ।

यसैबीच, डडेल्धुराका उपभोक्ताहरु गुणस्तरहीन खाद्य सामग्री प्रयोग गर्न बाध्य हुँदै आएका छन् ।

खाद्य तथा गुण नियन्त्रण कार्यालयले महिनामा ३ पटक अनुगमन गर्नुपर्ने प्रावधान छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ५ महिना यता बजार अनुगमन गरेको छैन ।

जिल्ला प्रशासन र खाद्य तथा गुण नियन्त्रण कार्यालय, डडेल्धुराले बजार अनुगमनमा चासो नदेखाउँदा उपभोक्ता सडेगलेका तरकारी तथा फलफूल किन्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment