+
+
Shares

दुईवटा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २८ गते १६:१८

२८ जेठ, विराटनगर । दुईवटा पेस्तोल ८ राउण्ड गोलीसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार राति विराटनगर- ९ को एक होटलबाट भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया-७ घर भएका २० वर्षीय कुनाल कुमारलाई पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान-१, सो पेस्तोलको म्याग्जिन थान-१ र म्याग्जिनमा लोड भएको ४ राउण्ड बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

उनकै साथबाट कटुवा पेस्तोल थान-१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र उनको पाइन्टको गोजीमा ३ राउण्ड गोली भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हतियारसहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?