+
+
Shares

यूएनका पूर्वकर्मचारी बाल यौन दुराचार मुद्दामा दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २८ गते २०:४२

२८ जेठ, काभ्रेपलाञ्चोक । संयुक्त राष्ट्र संघ (यूएन) का पूर्वकर्मचारी जोन पिटर डाल्गिस दोषी ठहर भएका छन् । जिल्ला अदालत, काभ्रेपलाञ्चोकले डाल्गिसलाई बाल यौन दुराचार सम्बन्धी मुद्दामा सोमबार दोषी ठहर गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २५ चैतमा काभ्रेको मन्डन देउराली नगरपालिकाबाट उनलाई पक्राउ गरेको थियो । न्यायाधीश अर्जुन अधिकारीको इजलासले उनलाई दोषी ठहर गरेको जनाइएको छ ।

प्राप्त सबुत र प्रमाणको आधारमा दोषी ठहर गर्दै अधिकारीले उनको मुद्दालाई सजाय निर्धाणका लागि पेश गर्न आदेश दिएका छन् ।

उनलाई सार्वजनिक गर्न ब्युरोले आयोजना गरेको पत्रकार सम्मेलनमा तत्कालिन निर्देशक पुष्कर कार्कीले डाल्गिस बाल यौन दुराचारको आरोपमा पक्राउ परेका मध्ये सबैभन्दा ‘हाइ प्रोफाइल’ व्यक्ति भएको बताएका थिए ।

गैरनाफामूलक संस्था स्ट्रिट किड्स इन्टरनेशनलका संस्थापकसमेत रहेका डाल्गिस २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार थिए ।

त्यसपछि २०१० देखि ०१४ सम्म यूएन ह्याबिटाटको अफगानिस्तान प्रतिनिधि रहेका उनले पछिल्लो समय ‘हिमालयन कम्युनिटी फाउण्डेसन’ चलाएका थिए ।

उनले आफूलाई ‘बालबालिकाको साहस’ भनेर परिचय दिने गरेका थिए भने विश्वका गरिब बच्चाहरुलाई आफ्नो जीवन समर्पित गरेको बताउने गरेका थिए । तर, तीनै व्यक्ति बाल यौन दुराचारको अभियोगमा दोषी ठहर भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?