Comments Add Comment

महिला विश्वकप फुटबल : अमेरिकाको कीर्तिमानी गोल

२९ जेठ, काठमाडौं । अमेरिकाले फिफा महिला विश्वकप फुटबलमा सर्वाधिक गोलको कीर्तिमान कायम गर्दै जित निकालेको छ ।

फ्रान्समा जारी विश्वकप फुटबलमा अमेरिकाले थाइल्यान्डलाई १३-० गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलमा सर्वाधिक गोलको रेकर्ड राखेको हो । यो विश्वकपमा एक खेलमा भएको सर्वाधिक गोल हो ।

अमेरिकाका लागि एलेक्स मोर्गनले पाँच गोल गरिन् । त्यस्तै सामन्था मेविस र रोस लाभेलले समान २-२ गोल गर्दा मेगन, लिन्ड्से होरन, मालोरी पुघ र कार्ली ल्योडले समान १-१ गोल गरेका थिए ।

पहिलो हाफमा मात्र ३ गोल गरेको अमेरिकाले दोस्रो हाफ मा थप १० गोल गर्दै कीर्तिमानी जित निकालेको हो । अमेरिकाले सन् १९९१ मा चाइनिज ताइपेलाई विश्वकपमा ७-० गोलअन्तरले पराजित गरेको थियो । यसअघिसम्म यो नै अमेरिकाको सबैभन्दा फराकिलो जित थियो ।

विश्वकपमा सन् २००७ मा जर्मनीले अर्जेन्टिनालाई ११-० गोलअन्तरले पराजित गरेको थियो । यो नै सबैभन्दा ठूलो अन्तरको जितको कीर्तिमान थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment