Comments Add Comment

इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक

उद्घाटन खेलमा लिभरपुल र नर्विच सिटी खेल्ने

३० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल २०१९-२० को खेल तालिका सार्वजनिक भएको छ ।

आज (बिहीबार) सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा च्याम्पियन्स लिगको विजेता लिभरपुल र प्रिमियर लिगमा बढुवा भएको क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल २०१९ का अगष्ट ९ तारिखमा हुनेछ ।

त्यस्तै, इंग्लिस प्रिमियर लिगको विजेता म्यान्चेस्टर सिटीले अगष्ट १० तारिखमा वेष्टहामससँग प्रतिस्पर्धा गर्नेछ । अगष्ट १० तारिखमा ७ खेल हुदैछ । त्यो दिन बोर्नमाउथले सेफिल्ड युनाइटेड, बर्नेलीले साउथहृयाम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वोल्भ्स, वाटफोर्डले ब्राइटन र स्पुरले एस्टोनभिलासँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment