Comments Add Comment

प्रधानसेनापति थापा चीन जाँदै

३१ जेठ, काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा चीन भ्रमण जाने भएका छन् । चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा असार १ गते एयर चाइनाको फ्लाइटबाट चीन जान लागेका हुन् ।

थापाको प्रधानसेनापति भइसकेपछिको यो पहिलो चीन भ्रमण हो । ७ गते भ्रमण सकेर उनी स्वदेश फर्किने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवंम ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने, उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास नेपाली सेनाको छ ।

प्रधानसेनापति थापासँगै श्रीमती दीपा थापा र कार्यरथी उपरथी अनन्त कार्कीसहित ८ जना भ्रमणदलमा रहने जंगी अड्डाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment