
३१ जेठ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका— ६ लखनपुरमा बिहीबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, १९ जना घाइते भएका छन् ।
कोशीपारी यातायातको बा २ ख ७२४२ को बस लखनपुरको बरबोटे घुम्ती नजिकै दुर्घटनामा पर्दा दोरम्बा ६ का उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको वडाअध्यक्ष अम्बिकाप्रसाद गजुरेलले जानकारी दिए ।
गजुरेलका अनुसार काठमाडौँबाट दोरम्बा गाउँपालिकाको गुराँसे तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको थियो । घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा घाइते भएकाहरुको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट ४० मिटर तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4