Comments Add Comment

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको साथ

३१ जेठ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले सञ्चालन गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्क लिमिटेडले सह–प्रायोजन गरेको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र डिस मिडिया नेटवर्कबीच सम्झौता भएको हो । सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार डिस मिडियाले अवार्डका लागि सात लाख रुपैयाँ नगद र चार लाख रुपैयाँ बराबरको डिस होम सेट–अफ बक्स र दुई बर्षसम्म निशुल्क सुविधा उपलब्ध गराउनेछ ।

नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यो अवार्डको १६ औं संस्करण असार १७ गते काठमाडौंमा हुदैछ । यसअघि नै पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ । बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गर्ने मञ्चले जानकारी दिएको छ । यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलेट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गर्नेछ ।

उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार पाउने छन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित उपहार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment