+
+

कुरीति अन्त्य नभएसम्म विकास हुन्न : मन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १६:५४

३१ जेठ, जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला सामाजिक कुरीति अन्त्य नभएसम्म समाज विकास हुन नसक्ने बताएकी छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार जनकपुरधाममा आयोजना गरेको लैंगिक हिंसा, भ्रुण हत्या, बालविवाह, दाइजो लगायतका कुरीति विरुद्धको अन्तर्क्रिया कार्यक्रममा उनले विकृति, विसंगतिलाई अन्त्य गर्ने जिम्मेवारी जनप्रतिनधिको पनि रहेको धारण राखिन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाब राउतले छोरी शिक्षित भए मात्रै समाज शिक्षित हुने बताएका छन् । उनले छोरीलाई शिक्षित बनाउन सबैको सहयोग जरुरी भएको बताए ।

मुख्यमन्त्री राउतले शिक्षाले कुरीति हटाउने र समाजलाई सभ्य र मर्यादित बनाउने भएकाले यसतर्फ सबैले ध्यान दिनु जरुरी रहेको बताउँदै भाषण गरेर समाजिक कुरीति हटन नसक्ने बताए । कुरीतिलाई समाजिक अपराधको संज्ञा दिदै उनले यस्तो अपराध रोक्न कठोर भएर प्रस्तुत हुनुपर्ने बताए ।

समाजिक कुरीति उन्मुलन गर्न छोरीलाई शिक्षा दिनुपर्ने भन्दै उनले यो अभियानमा प्रदेश सरकार लागिपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?