Comments Add Comment

भरतपुर अस्पताल र न्याम्सबीच सम्झौता

३१ जेठ, चितवन । भरतपुर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)वीच शैक्षिक कार्यक्रम नविकरण सम्झौता भएको छ ।

न्याम्सका उपकुलपति प्रा. डा. डीएन शाहको उपस्थितिमा भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.बिश्ववन्धु बगाले र न्याम्सका डीन प्रा.डा. पियुस दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

न्याम्स र भरतपुर अस्पतालवीच २०७१ पौष २६ गते भएको पुरानो सम्झौताको म्याद गत बर्षको पौषमा सकिएको थियो । नयाँ सम्झौता २०७६ जेठ ३१ देखि २०८१ जेष्ठ ३० गतेसम्म पाँच बर्ष रहने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुर अस्पतालमा कार्यरत शिक्षक हुनका योग्य विशेषज्ञ चिकित्सक तथा नसिङ शिक्षकलाई न्याम्सको संकाय पोजिशन दिलाउन पहल गरिने निर्णय गरिएको सूचना अधिकारी पौडेलले बताए ।

भरतपुर अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको विस्तारित कार्यक्रम एमडी, एमएस चल्दै आएको छ । सो कार्यक्रम अन्र्तगत अस्पतालमा अहिले १४ जना आवासियक चिकित्सक छन् । यस्तै ४० जना कोटाको स्नातक तह नर्सिङ कार्यक्रम चलिरहेको छ ।

अस्पतालमा सञ्चालित न्याम्सको शैक्षिक कार्यक्रममा प्रा.डा. विजय पौडेलको संयोजकत्वमा ४ जना प्रध्यापक र ४ जना सहप्रध्यापक र १ जना उपप्रध्यापक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment