+
+

जब कार्यकर्ताहरु भुइँ ढोगेर कोइराला निवास प्रवेश गरे …

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते २०:२८

३१ जेठ, विराटनगर । शुक्रबार करिब दुई सय संख्याका कांग्रेस कार्यकर्ता विराटनगरको कोइराला निवास पुगे । कोइराला निवासलाई मन्दिरको स्वरूप सम्झदै टाउको भुइँमा राखी दर्शन गरेर उनीहरु निवास प्रवेश गरे ।

केही दिनअघि सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएको घटनाले चर्चामा आएको कोइराला निवासमा शुक्रबारको घटनाले उपस्थित सबैलाई स्तब्ध बनाएको कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले बताए।

बिपी संग्रहालयका अध्यक्ष परशुराम पोख्रेलको नेतृत्वमा गएको उक्त टोलीलाई कोइराला निवासका सहयोगी शुभनारायण राय, मोरङका कांग्रेस सभापति डिगबहादुर लिम्बु, सचिव मोदराज घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली, कांग्रेस नेतृ रुक्मणी कोइराला, ट्रेड युनियन कांग्रेसका नेता नारायणबाबु कार्की, प्रदेससभा सदस्यहरु-लोकप्रसाद संग्रौला र शिवनारायण सिंहलगायतले स्वागत गरेका थिए।

समूहले शुक्रवार दिउसो कोइराला निवास दण्डवत गरेरै प्रवेश गरे । यति ठूलो संख्यामा कार्यकर्ताले निवासको भुइँमा दण्डवत गरेर एकै पटक कोइराला निवास प्रबेश गरेको यो पहिलो घटना भएको विराटनगरमा चर्चा चलेको छ । पोखरेलले, वीपी र गिरिजाप्रसाद कोइरालाको विचार र आर्दशलाई मेचीदेखि महाकालीसम्म एउटै मालामा गोलबन्द गर्न यो अभियान सुरू गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?