Comments Add Comment

‘जात्रै जात्रा’को ५१ दिने रफ्तार

केही निर्माताले आफू निर्मित चलचित्रले ५१ दिन मनाएको प्रचार त गर्छन् । तर, के हलमा निरन्तर चलेरै ५१ दिन मनाउने चलचित्रको संख्या धेरै छ त ? पक्कै पनि छैन । धेरै चलचित्र त जर्बजस्ती हलमा चलेर ५१ दिन मनाएका छन् । निर्माताको गोजीमा पैसा आएको हुँदैन, ५१ दिने रटान भने सुरु हुन्छ ।

जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’को यात्रा भने ५१ दिनको बाटोमा देखिएको छ । नयाँ नेपाली चलचित्रले गतिलो व्यापार नगर्नु र बलिउड चलचित्रको प्रभाव पनि बलियो नुहुनको फाइदा ‘जात्रै जात्रा’ले उठाएको छ ।

चलचित्र ‘जात्रै जात्रा’ पाँचौ हप्तामा प्रवेश गरेको छ । पाँचौ हप्ताको शनिबार पनि चलचित्रले पाएको शोजमा दशकको अकुपेन्सी उच्च थियो । यसकारणले पनि यो चलचित्रले केही मल्टिप्लेक्समा ५१ दिनको यात्रा तय गर्ने विश्लेषण गरिएको छ ।

निर्देशक प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा र शत्रु गते’ले हलमा ५१ दिन मनाएका थिए । ‘जात्रै जात्रा’ पनि ५१ दिनको बाटोमा लागेको छ । यसैले प्रदिप ५१ दिनको ह्याट्रिक गर्नेमा आशावादी देखिएका छन् । विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया अभिनित यो चलचित्रको बलियो वर्ड अफ माउथले यसको व्यापारको रफ्तार कमजोर नबनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment