+
+
Shares

बजेट कार्यान्वयनमा कुनै कसर बाँकी रहन्न : मन्त्री ढुङगेल

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २ गते १५:०२

३ असार, हेटौंडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आइतबाट प्रस्तुत भएको आर्थिक वर्ष ०७६/७७ को बजेट कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

उनले चालु आर्थिक वर्षमा सरकारले सोचेअनुसार बजेट खर्च गर्न नसकेपनि आउँदो आर्थिक वर्षमा त्यसो नहुने बताए । ‘चालु आर्थिक वर्षमा कार्यान्वयनका आधार थिएनन,अब कार्यान्वयनको आधार बनेको छ ,’ उनले भने ।

मन्त्रालयमा पत्रकार समेलन गर्दै उनले आउँदो आर्थिक वर्षका लागि आइतबार संसदमा प्रस्तुत गरिएको ४७ अर्ब ६० करोड रुपैयाँको बजेट कायान्वयन हुने दावी गरे ।

चालु आर्थिक वर्षमा कानूनको अभाब, नीति तथा योजन आयोगका सदस्यहरुको अभाबलले बजेट कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ ।
साथै प्रदेश ३ मा पुँजीगत खर्चको तुलनामा चालु खर्च बढी रकम हुनुमा स्थानीय तहलाई जाने अनुदानसमेत जोडिएको र कर्मचारी पहिले कम भए पनि अहिले पर्याप्त भएकाले चालु खर्च बढी रहेको प्रस्सट्याए ।

मन्त्री ढुंगेलले गत वर्षमा प्रस्तुत गरिएको बजेटमा हेटौंडा-भिमफेदी-कुलेखानी सुरुङमार्गको बजेट अदालतमा मुद्धा परेका कारण कार्यान्वयन हुन नसके पनि यसपटक कार्यान्वयन हुने दावी गरे ।

पत्रकार सम्मेलनमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर खिमलाल देबकोटाले अब प्रदेशले गर्ने कामका योजनाहरुको अनुगमनको कामलाई प्रभाबकारी बनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?