Comments Add Comment

जासन रोयले अफगानिस्तान र श्रीलंकासँगको खेल गुमाउने

२ असार, काठमाडौं । इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान जासन रोयले आगामी दुई खेल गुमाउने भएका छन् ।

मंगलबार दिउँसो ३ बजेर १५ मिनेटमा आयोजक टिम इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । तर इंग्ल्यान्डका भरपर्दा ओपनर ब्याट्सम्यान जासन रोय भने टीममा हुने छैनन् ।

उनी वेष्ट इन्डिजविरुद्धको खेलमा घाइते हुन पुगेका थिए । उनको खुट्टामा समस्या देखिएको थियो । वेष्ट इन्डिजविरुद्ध फिल्डिङ गर्ने क्रममा घाइते भएपछि उनी मैदान छोडेका थिए ।

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै उनी दुई खेल खेल्न नसक्ने जानकारी दिएको हो । श्रीलंकासँग इंग्ल्यान्डले २१ जुनमा प्रतिस्पर्धा गर्दैछ ।

अब ओपनिङमा जासन रोयको सट्टा जोइ रुट आउने छन् । यसअघि रुट तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment