Comments Add Comment

सन्त कबिरः ढोंग र पाखण्ड बिरुद्ध लड्ने सन्त

धर्मको नाममा अहिले संसार विभाजित छ । धर्मले मान्छेलाई जोड्नुपर्ने हो, तर उल्टो भइरहेको छ । धर्मको नाममा मान्छेहरु सत्रुता मोलिरहेका छन् । धर्मकै नाममा मान्छेहरु काटमार गरिरहेका छन् ।

धर्म के हो ? यसको मर्म नबुझी आँखा चिम्लेर मान्छेहरु नश्ल, सम्प्रादयको आधारमा धर्मको ठेक्कापट्टा चलाइरहेका छन् । धर्मलाई व्यापारको माध्याम बनाएका छन् । धर्मको आडमा मान्छेले कतिपय कुरुप धन्दा चलाइरहेका छन् ।

धर्मका बारेमा समाज स्पष्ट छैन । धर्ममा भ्रम मिसाइएको छ । मान्छेहरु आडम्बर र ढोंगलाई धर्म मानिरहेका छन् । धार्मिक मानिरहेका छन् । तथाकथित धर्मगुरुहरुले यसमा मलजल गरिरहेका छन् । अनगिन्ती धर्मगुरु र धार्मिक संस्थाहरु समाजमा भ्रम छरेर अनेकौ स्वार्थ लुटिरहेका छन् । आफ्नो धन्दा विस्तार गरिरहेका छन् ।

अतः धर्मको नाममा भइरहेका यावत् विकृतीबारे बोल्न निकै कठिन छ । यसलाई साम्प्रदायिक आँखाले हेर्ने गरिन्छ । निकै संवेदनसिल र गभिंर विषय भएकाले धर्मको आडमा जेसुकै भएपनि मान्छेहरु चुपचाप बस्छन् । प्रतिक्रिया दिन डराउँछन् । धार्मिक संस्कारको नाममा हुने ढोंग, आडम्बरलाई मान्छेले चुपचाप सहन्छन् । टिप्पणी गर्न डराउँछन् ।

यद्यपी बेलाबखत यस्ता सन्तको जन्म हुने गरेको छ, जसले धर्ममा व्याप्त आडम्बर विरुद्ध जीवनभर लडे । जस्तो कि सन्त कवीर । उनले धर्म र धार्मिक संस्कृतिको नाममा हुने गरेका ढोंग, आडम्बरबिरुद्ध खुलेर बोले । उनी कवि थिए । र, उनका यी आवज काव्यिक शैलीको हुन्थ्यो । रवीन्द्रनाथ टैगोरले ‘हन्ड्रेड पोएम्स फ्रम कबीर’ भनेर अंग्रेजीमा कबीरको कविता अनुवाद गरेका थिए । ओशोले वुद्ध र कबीरलाई सबैभन्दा ठूला चिन्तक मानेका थिए ।

को हुन् सन्त कवीर ?

सन्त कवीरको जन्म भारत, वनारसमा भएको हो । सन् १३९८ मा । हिन्दु क्यालेन्डर अनुसार जेठ महिनाको शुक्ल पक्षको पूणिर्माको दिन उनको जन्म जयन्ती मनाउने गरिन्छ ।

सन्त कबीरको जन्मबारे भने अनेकन कथा छन् । एउटा कथा अनुसार उनी विधवा ब्राम्हाणीकी सन्तान हुन् । तर, लोकलाजको कारण उक्त ब्राम्हाणीले बच्चालाई वनारस नजिक छाडिदिइन्, जहाँ उनलाई नीर दम्पतिले भेटे र पालनपोषण गरे ।

सामाजिक विभेद विरुद्ध

नश्ल, धर्म, सम्प्रादाय आदिको आधारमा जुन किसिमको विभेद गरिन्छ, त्यसको विरोध गरिरहे सन्त कविरले । उनी समाजमा फैलिएको ढोंग, आडम्बर, पाखण्ड र व्यक्ति पूजाको घोर विरोधी थिए ।

मान्छेले मान्छेमाथि गर्ने विभेद बिरुद्ध बोल्दै कबीरले सबैलाई एकताको एउटै सूत्रमा बाँधेर बस्नुपर्ने ज्ञान दिए । उनले आफ्नो सम्पूर्ण जीवन मानव कल्याणमा समर्पित गरे ।

दुबै सम्प्रदायबीच सम्मानित

सन्त कबीरले कुनै धर्म वा जाति विशेषको लागि काम गरेनन् । उनले सधै समाजलाई सद्भाव र समानताका लागि प्रेरित गरिरहे । उनी हिन्दु होस् मुश्लिम, कुनैपनि धर्ममा व्याप्त आडम्बरलाई उनी खुलेर बिरोध गर्थे । त्यही कारण पनि उनलाई दुबै सम्प्रदायले सम्मान गर्थे ।

कबीर भन्थे,

‘माला फेरत जुग भया, फिरा न मन का फेर

कर का मनका डार दे, मनका मनका फेर

अर्थात हातमा माला लिएर जप गर्दा-गर्दा अर्थात माला घुमाइरहँदा युग बित्छ । तर, उनको मनको भाव बद्लिदैन । उनको मनको हलचल शान्त हुँदैन । सन्त कबीर यस्ता व्यक्तिलाई हातको माला छाडेर मनको माला फेर्न भन्छ ।

कबीर भन्थे,

मन ना रंगाए रंगाए जोगी कपडा

आसन मारि मन्दिर मे बैठे

ब्रम्हा छाडि पूजन लगे पथरा ।’

मन रंगिएको छैन, कपडा मात्र रंगिन बनायौ । आत्माभित्रको देवतालाई छाडेर मन्दिरको ढुंगा पूज्न थाल्यौ ।

कबीर भन्थे,

हिन्दू कहुँ तो मै नहीः मुसलमान नि नही

पाँच ताव का पूतला, गैवी खेलौ माहि’

उनी कुनै धर्म विशेषको वाकलत गर्दैनथे । सबैप्रति समान दृष्टि राख्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment