News Summary
Generated by OK AI. Editorially reviewed.- उर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने हल्ला असत्य भएको सामाजिक सञ्जालबाट सोमबार साँझ स्पष्ट पारेका छन्।
- उनले जेन-जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध रहेको बताए।
- उनले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आन्दोलनले दिएको जनादेश पूरा गर्न क्रियाशील रहेको उल्लेख गरे।
१७ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिने कुरामा सत्यता नरहेको बताएका छन् ।
उनले राजीनामा दिने हल्ला चलेपछि सोमबार साँझ उनले सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
‘पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु’ उनलेका भनेका छन्,’जेन-जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4